पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापामा चैते धान खेती विस्तार गरिने

झापा । झापामा यस वर्ष एक हजार छ सय हेक्टरमा चैते धान खेती विस्तार गरिने भएको छ ।

‘चैते धान विशेष सहयोग कार्यक्रम’ अन्तर्गत झापाका आठ स्थानीय तहको एक हजार ६०० हेक्टरमा चैते धानखेती विस्तार गर्न लागिएको कृषि ज्ञान केन्द्र झापा निमित्त कार्यालय प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत चैते धानको क्षेत्र विस्तार र उत्पादकत्व वृद्धि गर्नका लागि कृषकलाई रु एक करोड ६० लाख अनुदान उपलब्ध गराइने उहाँले बताउनुभयो ।