पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वेदकोट धाममा धार्मिक तथा पर्यटन महोत्सव हुने

कञ्चनपुर । कञ्चनपुरको वेदकोट धाममा पहिलो पटक आगामी फागुन २ गतेदेखि धार्मिक तथा पर्यटन महोत्सव हुने भएको छ ।

वेदकोट नगरपालिकाले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी दुई दिने महोत्सवको बारेमा जानकारी गराएको छ ।

‘समृद्ध बेदकोट नगरको आधार, कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना हुने वेदकोट महोत्सवबाट त्यस क्षेत्रको धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने आशा लिइएको नगरप्रमुख अशोककुमार चन्दले बताउनुभयो ।

त्यसैगरी आगामी फागुन १७ देखि २६ गतेसम्म भीमदत्तनगरमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवमा स्थानीय स्तर तथा नेपालमै उत्पादित वस्तुको विकास तथा बजार विस्तार, कृषि पेशालाई व्यावसायिक बनाउने लघु उद्यम प्रदर्शनी, अटो प्रर्दशनी, वैकल्पिक ऊर्जा र पर्यटन प्रवर्द्धन गर्ने मेलाको मुख्य आकर्षण हुने सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले बताउनुभयो ।