पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जमिन बाँझो राख्नेलाई सजाँयको कानून बन्दै 

काठमाडौं । सरकारले भूमिको उपयोग नगरी खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई तीन लाख रुपैयांसम्म जरिवाना लगाउने गरी कानून तयार गरिरहेको छ । 

खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागीदार हुनेछ । जमीन बाँझो राख्ने व्यक्तिको उजूरी सम्बन्धित जिल्ला अदालतमा गर्न सक्ने प्रावधान संसद्मा दर्ता भएको “भूउपयोग ऐन, २०७५” को मस्यौदामा गरिएको छ । 

सो ऐन पारित भएपछि खेतीयोग्य भूमि बाँझो राख्ने जो कोही व्यक्ति कानूनको कठघरामा पुग्नेछन् । 
भुवन आचार्य, रेडियो नेपाल