पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काठमाडौंमा खानाको प्रदर्शनी शुरु

काठमाडौं । खानाको माध्यामबाट पर्यटक प्रवर्द्धन गर्न सातै प्रदेशको खानालाई पहिचान गरी काठमाडौंमा खाना प्रदर्शन शुरु भएको छ । 

ग्लोबल नेप्लीज सेफ्स् फेडेरेशन र नेप्लीज वल्र्डवाइड सेफ्स् एशोसिएशन अमेरिकाको संयुक्त आयोजनामा सातै प्रदेशको खानालाई पहिचान गरी प्रदर्शनीको आयोजना गरिएको हो । 

नेपाली खानालाई विश्वमाँझ चिनाएर पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यअनुसार खाना प्रदर्शन गरिएको फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने राखेको लक्ष्य पुरा गर्न यस्तो अभियानले सहयोग पुग्ने विश्वास लिइएको  छ । 

ग्लोबल नेप्लीज सेफ्स फेडेरेशनले सबै प्रदेशमा पुगेर खानाको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्नेछ । 
भुवन आचार्य, रेडियो नेपाल