पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डी पी एल को ट्रफी सार्वजनिक

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग डी पी एल को तेस्रो संस्करणको ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ । प्रतियोगिता शनिबारदेखि फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रतियोगिताको गुडविल एम्बेसेडर जोन्टी रोड्स र आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले ट्रफी अनावरण गरे । सहभागी ६ फ्रेन्चाइज टोलीका कप्तान एवं प्रतिनिधि खेलाडीले ट्रफी अनावरणमा सहभागिता जनाए ।

यसपटक विजेताले पाउने पुरस्कार राशीमा ५ लाख वृद्धि गर्दै ३० लाख रुपैयाँ प्रदान गरिने भएको छ । यसअघि दोस्रो संस्करणमा विजेता धनगढी टिम चौराहले २५ लाख पाएको थियो । प्रतियोगिताको कूल पुरस्कार राशी ६० लाख रहेको छ ।

डिपिएलमा दोस्रो हुने टोलीले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछन् । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता प्रदान गरिनेछ । 

प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजारका साथै म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था हुने बताइएको छ । 
अजय बम, रेडियो नेपाल