पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भलिबल संघद्वारा भट्ट र चौधरी सम्मानित

काठमाडौं । नेपाल भलिबल संघले मनोरञ्जनरमण शर्मा वर्षको उत्कृष्ट खेलाडी पुरस्कारबाट पुरुषतर्फ धनबहादुर भट्ट र महिलातर्फ सरस्वती चौधरीलाई सम्मान गरेको छ ।

नेपाल भलिबल संघले केही साता अगाडी गरेको एनभीए राष्ट्रिय भलिबल प्रतियोगितामा उत्कृष्ट पुरुष र महिला खेलाडी बनेकालाई नै यो अवार्डबाट सम्मान गरिएको हो । दुबै खेलाडीले जनही ३०–३० हजार रुपैयाँ पाएका छन ।

महिला भलिबलमा एकछत्र जस्तै राज गरेकी सरस्वती चौधरी यो वर्षमात्र चार वटा प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेकी थिइन । 

विजेता खेलाडीलाइ राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । 
अजय बम, रेडियो नेपाल