पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संस्कृति र राष्ट्रियता सम्बन्धी प्रवचनको आयोजना 

यशोदा अधिकारी, रेडियो नेपाल । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली संस्कृति र राष्ट्रियता सम्बन्धी प्रवचन कार्यक्रमको आयोजना गरेको छ । 

आज काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालले परापूर्व कालदेखि नै नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भए पनि आर्थिक उत्पादनका हिसाबले कमजोर हुँदा यदाकदा छिमेकी मूलुकले हेप्न खोजेको बताउनुभयो । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले सांस्कृतिक विविधतायुक्त नेपालको राष्ट्रियतमा आँच ल्याउन चाहनेहरु असफल भएको बताउनुभयो ।