पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकार बहुमतको बलमा अघि बढ्न खोज्योः प्रवक्ता शर्मा

अच्युतम सापकोटा, सर्लाही । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार विवेक भन्दा पनि बहुमतको बलमा अघि बढ्न खोजेको आरोप लगाउनु भएको छ । 

नेपाल प्रेस युनियन सर्लाही शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले प्रतिपक्षीले संसदमा विरोध गर्दा गर्दै पनि सरकाले बहुमतको दम्ब देखाएर जबर्जस्ती चिकित्सा विधेयक संसदमा पेस गरेको बताउनुभयो । 

बुढीगण्डकी जलविद्युत परियोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिएर सरकारले राष्ट्रहित विपरीतको काम गरेको बताउनुभयो ।