पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली काँग्रेसद्वारा देशव्यापी विरोध प्रदर्शन 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा आज देशव्यापी प्रदर्शन गरेको छ ।

काठमाडौं सहित देशका सबै ७७ जिल्ला सदरमुकाममा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो । 

वाइडवडी विमान खरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारवाही गर्नुपर्ने लगायतका माग राखेर कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो । 

महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयप्रति पनि कांग्रेसले विरोध जनाएको छ । 

काठमाडौको रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको प्रदर्शन विभिन्न स्थान हुदै पुन शान्तिबाटीमा पुगी कोणसभामा परिणत भएको थियो । 

कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसले लोकतन्त्रका लागी निकै सर्घर्ष गरेको भन्दै अहिलेको सरकारले लोकतन्त्रलाई नै खतरामा पारेको बताउनु भयो ।

सरकारको विरुद्धमा माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
अजय बम, रेडियो नेपाल