पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१२खरीले कथा प्रतियोगिता गर्ने : सर्वोत्कृष्टलाई एक लाख रुपैयाँ

radionepal

काठमण्डौ । नेपालको वाङ्मय क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहित गर्दै यसको गुणात्मक प्रवद्र्धनमा सशक्त योगदान पुर्‍याउने  उद्देश्यस्वरूप ‘१२खरी बुक्स’ ले राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता ‘डिस होम १२खरी कथा’ प्रतियोगिता गर्ने भएको छ ।  कथा साहित्यको एउटा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनको गति केही सुस्ताएको र कथा विधाप्रति नवप्रतिभाको समेत संलग्नता कम हुँदै गएको महसुस गरेर सो प्रतियोगिता गर्न लागिएको जानकारी आज पत्रकार सम्मेलनमा दिईयो  । 

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई जनही  १ लाख, ६० हजार र ४० हजार रुपैयाँ तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिने छ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ वटा कथाको पुस्तक प्रकाशित पनि गरिनेछ । संग्रहमा प्रकाशित हुने सबै (प्रथम, द्वितीय र तृतीय बाहेक) कथाकारलाई जनही ५ हजार रुपैयाँ पारिश्रमिक प्रदान बताईयो  । सो प्रतियोगिताले एक प्रकारको ‘ट्यालेन्ट हन्ट’को काम गरोस् भन्ने ‘१२खरी बुक्स’को सोच रहेको प्रेस बक्तव्यमा उल्लेख गरिएको छ । सो प्रतियोगिताले देशभरि रहेका कथाकारलाई मूलधारमा प्रवेश गर्न सहज बनाउनुका साथै स्थापित कथाकारको सम्मान हुने विश्वास आयोजकले लिएको छ ।

   प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी फागुन २० गतेभित्र ‘१२खरी कथा’को इमेल - 12kharibooks@gmail.com  र  books@baahrakhari.com मा पठाइसक्नु पर्ने सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।  प्रतियोगी कथाकारहरूले कथा पठाउँदा- कथा नेपाली भाषामा हुनु पर्ने,  अन्य भाषामा लेखिएका कथालाई नेपालीमा अनुवाद गरी पठाउन सकिने,  कथा अप्रकाशित र अप्रसारित हुनु पर्नेछ । कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनु पर्ने बताइएको छ ।