पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिन्धुली साहित्य उत्सव २०७५ सम्पन्न, २ गजल संग्रह बिमोचित

radionepal

सिन्धुली ।  सिन्धुली साहित्य प्रतिष्ठानको आयोजनामा  शनिबार साहित्य उत्सव २०७५ पुस्तक विमोचन तथा विशेष रचना वाचन कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कवि तथा गजलकार बलराम दाहालको प्रमुख आतिथ्यमा भएको सो समारोहमा  अबिनास थापाको एकल गजल संग्रह अन्तिम सम्बोधन र संयुक्त गजल संग्रह समयको दस्तावेज  विमोचन गरिएको थियो । 

 कार्यक्रममा सिन्धुलीका युवा गजलकारहरु नविन संघर्ष सिन्धुलीय, सुनिल जलन, कृष्णराज तामाङ र रेस्मा बुनेले विशेष रचना वाचन गरेका थिए । सिन्धुली साहित्य प्रतिष्ठानका अध्यक्ष पवन पाख्रिनको अध्यक्षता एंव सिन्धुली वाङमय प्रतिष्ठानका अध्यक्ष अन्जुल र सिन्धुली बहुमुखी क्याम्पसका उप प्राध्यापक अर्जुन पौडेलको विशिष्ट आतिथ्यता तथा उमानाथशास्त्री साहित्य प्रतिष्ठानका अध्यक्ष भाइ दाजु, गजल सरोबर सिन्धुलीका अध्यक्ष बरुण लामिछाने लगायत बारा , सर्लाही , रामेछाप लगायतका जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।