पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मृत अवस्थामा फेला परेको चितुवा गोली लागेर मरेको पुष्टि

radionepal

डोटी, १९ माघ २०७५ । मृत अवस्थामा फेला परेको चितुवा गोली लागेर मरेको पुष्टि भएको छ । 

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडाको टिमुरदह गाउँ नजिकै ब्रमण्डी सामुदायिक वनमा उक्त चितुवा आज मृत अवस्थामा फेला परेको थियो । 

मृत अवस्थामा भेटिएको चितुवा डिभिजन वन कार्यालय डोटीमा ल्याएर पशु चिकित्सकको टोलीले पोष्टमार्टम गर्दा गोली लागेको पुष्टि भएको डिभिजन वन अधिकृत रामविचारी ठाकुरले बताउनुभयो ।