पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन आवश्यकः मन्त्री बस्नेत

पोखरा । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन आवश्यक भएको बताउनुभएको छ । 

विश्व सिमसार दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज पोखरामा आयोजित ‘सिमसार तथा जलवायु परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले प्राकृतिक सम्पदाको संरक्षण र यसको बहुआयामिक उपयोग गर्नुपर्ने बताउनुभयो । 

कानून निर्माणसँगै सरकार दीर्घकालीन योजनाका साथ विकास निर्माणमा अघि बढ्ने बताउँदै उहाँले सरकार र विकास साझेदारबीच आपसी समन्वयका आधारमा अघि बढ्ने भन्नुभयो ।