पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्रीद्वारा सायमीको ‘मेरो जीवन कथा’ विमोचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ मुटुरोग विशेषज्ञ तथा साहित्यकार प्राध्यापक डाक्टर अरुण सायमीद्वारा लिखित मेरो जीवन कथा नामक आत्मकथा पुस्तकको आज विमोचन गर्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले डा. अरुण सायमी बहुआयामिक व्यक्तित्वका धनी हुनुभएको उल्लेख गर्दै उहांँको लेखन कलाबाट आफू प्रभावित भएको बताउनु भयो ।

साहित्यकार डा. सायमीको आत्मकथा सानो प्वाल भएको एउटा आँखी झ्यालको रुपमा आफूले पाएको प्रधानमन्त्री ओलीले टिप्पणी गर्नु भयो ।

लेखनमा क्षमता हुँदाहुँदै पनि डाक्टर सायमीले आत्मकथा लेख्न हतार गरेको भन्दै प्रधानमन्त्री ओलीले हतारमा लेखिएको आत्मवृतान्तमा निर्मम, यथार्थ र सत्य कुरा आउन नसक्ने बताउनु भयो ।

कार्यक्रममा लेखक प्रा डा  अरुण सायमीले आत्मकथामा उल्लेख भएको एउटा प्रसंग उल्लेख गर्दै यो २ तिहाई बहुमतको सरकारले मुलुकका लागि केही गर्न नसके देशमा ९ रेक्टर स्केलको भूकम्प जाने बताउनु भयो ।

विमोचित पुस्तकमाथि टिप्पणी गर्र्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मा तथा वरिष्ठ चिकित्सक प्रा डाशशी श्रेष्ठले लेखक सायमी चिकित्सक र साहित्यकारका साथै कुशल प्रशासक पनि भएको बताउनु भयो ।