पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वरिष्ठ कलाकार राणाको निधन

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । 

उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा राणाको निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिनुभयो । 

करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यकार शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो । 

राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनौं चलचित्रमा अभिनय गर्नुभएको छ । 

उहाँले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्ती लगायतका चलचित्र तथा दर्जनाँै टेलिचलचित्रमा अभिनय गर्नुभएको छ ।