पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुई राप्रपाबीच पार्टी एकीकरण 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकिकरण भएको छ ।

गत वर्ष सम्पन्न स्थानीय निर्वाचनको केहीं समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजन भई पशुपति शमशेर राणाको नेतृत्वमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा गठन भएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) ले आज काठमाण्डौमा सम्युक्त सभाको आयोजना गरी पार्टी एकताको घोषणा गरेका हुन् ।

एकिकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहने र पशुपती शमशेर राण र डा. प्रकाशचन्द्र लोहनी दुबैजना अध्यक्ष रहनुहुने घोषणा कार्यक्रममा जानकारी दिइयो ।  

पार्टी एकता कार्यक्रममा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नवगठित पार्टीको मूल नीति धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र हुने बताउनुभयो ।

अर्का अध्यक्ष पशुपति शमशेर राणाले दुई पार्टीको एकिकरण पछि आफुहरू राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापन पक्ष भएको दाबी गर्दै विभिन्न समूहमा विभाजित भएका पुराना नेता र कार्यकर्ताहरूलाई पार्टीमा संगठित हुन आग्रह गर्नुभयो । 

यसैबिच, राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष दिपक बोहराले आज एक विज्ञप्ती जारी गर्दै दुई पार्टीबिचको एकताबारे आफ्नो कुनै सहमती नरहेको जनाउनुभएको छ ।
केशब ढुंगाना, रेडियो नेपाल