पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मिर्गौला पीडितद्वारा सहयोगको अपिल

तनहुँ, १७ माघ २०७५ । मिर्गौलापीडित तनहुँको भिमाद नगरपालिका–५ मालेबगरका २८ वर्षीया ज्ञानकुमारी विकले आफ्नो उपचारका लागि आर्थिक सहयोग आग्रह गर्नुभएको छ । उपचारका लागि आर्थिक अवस्था नाजुक भएकोले सहयोगको अपेक्षा गर्नुभएको हो । 

उपचारका क्रममा हालसम्म रु ८ लाख खर्च भइसकेकाले थप उपचारका लागि रकम अभाव भएको उहाँले बताउनुभयो । डायलोलिससका लागिसमेत पैसा नभएपछि उहाँको परिवार यतिबेला सहयोगको लागि भौँतारिरहेको छ । चिकित्सकले मिर्गौला फेर्न रु ४० लाख लाग्ने भनेको तर आफूहरुसँग त्यत्रो रकम नभएको उहाँका पति कुमार विकले बताउनुभयो । 

आफ्नोभन्दा छोराहरुको पीरले आफूलाई सताएको छ पीडित विकले भन्नुभयो, “मेरोभन्दा पनि दुई साना छोराको बिचल्ली हुन्छ कि भन्ने पीर लागेको छ, म बाँच्न चाहन्छु, मलाई सहयोग गर्नुहोस् ।”