पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चितवनमा रंगशाला बनाउने धुर्मुस सुन्तली फाउन्डेसनको घोषणा

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका १६ मा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।

काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रमकाबिच फाउन्डेसन र भरतपुर महानगरबीच रङ्गशाला बन्ने जग्गाका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तर्फबाट फाउन्डेसनलाई धन्यबाद दिदै निजी क्षेत्रलाई खेलकुदमा लगानी गर्न आग्रह गर्नुभयो । 

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । 

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिनुभयो । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ ।

क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्वीमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछन् ।
परेश सापकोटा, रेडियो नेपाल