पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खप्तड गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई

धनगढी । नेपाल पुलिस क्लबले सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । 

धनगढीमा रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हाम्रा कैलाली समाचारदाता जगत साउदले जनाएका छन् ।

नेपाल पुलिस क्लबका लागि ६४ औँ मिनेटमा अभिषेख रिजालले खेलको एक मात्र निर्णायक गोल गरेका थिए ।

प्रथम भएको क्लबले २१ लाख र दोस्रो भएको क्लबले १० लाख रुपैँया प्राप्त गरेका छन् ।

यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल नेपाल पुलिस क्लबका रवि पाशवानलाई एउटा मोटर साईकल पुरस्कार प्रदान गरिएको थियो ।