पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विकासका लागि पक्ष र प्रतिपक्ष मिल्नुपर्छः उपप्रम पोखरेल

चितवन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकासका लागि पक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । 

थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ खैरहनीले आयोजना गरेको छैठाँै खिचरा महोत्सवको आज चितवनमा उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री पोख्रेलले देश विकासमा प्रतिपक्ष बनेर कुनै फाइदा नहुने बताउनुभयो । 

उपप्रधानमन्त्री पोख्रेलले सबै मिलेर देशलाई समृद्धितर्फ अघि बढाउनुपर्ने र जनतामाझ गरिएका प्रतिबद्धता सरकारले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारु जातिका कला संस्कृति झल्कनेसहित विभिन्न १२० कक्ष रहेका छन् । 

महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रम हुने महोत्सवका संयोजक चूडामणि चौधरीले जानकारी दिनुभयो ।