पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मुलुकलाई समृद्धिमा लैजाने ऐतिहासिक अवसरः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई  विकास र समृद्धितर्फ लैजान अहिले ऐतिहासिक अवसर रहेको बताउनुभएको छ । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको ५औं राष्ट्रिय महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले यो समय सरकार र कम्युनिष्टहरुकै लागि निकै ठूलो अवसर र चुनौती रहेको बताउनुभयो । 

अध्यक्ष दाहालले विकास र समृद्धिको साझा मुद्दामा सबैलाई एकजुट हुन आग्रह गर्नुभयो । 

नेपाल काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारलाई समृद्धिको दिशामा देश अघि बढाउन कुनै चुनौती नरहेको बताउनुभयो । 

उहाँले काँग्रेस प्रतिपक्षको रुपमा बसेर सरकारलाई सकारात्मक सहयोग गरिरहेको प्रष्ट पार्नुभयो ।