पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

पाँचथर । पाँचथरको फिदिम शनिबारदेखि प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

सिनियर तर्फको पहिलो खेलमा दिपक आङदेम्बे र दिपेन्द्र चेम्जोङको जोडीले तेजबहादुर तुम्बापो र सागर थापाको जोडीलाई पराजित गरेका हाम्रा पाँचथर समाचारदाता विपेन्द्र गौतमले जनाएका छन् ।

ब्याडमिन्टन संघ पाँचथरको आयोजनामा सञ्चालित प्रतियोगितामा सिनियरतर्फ १६ जोडी टिम र जुनियरतर्फ २६ जोडी टिम सहभागी रहेका छन् । 

प्रतियोगिताको फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले उद्घाटन गर्नुभएको छ ।