पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इण्डो–नेपाल आमन्त्रित पुरुष खुल्ला भलिबल हुने

पाल्पा । पाल्पाको रामपुरमा इण्डो–नेपाल आमन्त्रित पुरुष खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । 

आउने माघ २ गतेदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा भारतका चार समूह, प्रदेश नं १ को एक समूह, गुल्मी लगायतका जिल्लाबाट १० समूहको सहभागिता रहने छ । 

प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख ५० हजार, दोस्रो हुने समूहलाई १ लाख र तेस्रो हुने समूहलाई ५० हजार रुपैँया प्रदान गरिने छ ।