पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

त्रिभुवन आर्मी फाल्गुनन्द गोल्डकप फुटबलको फाईनलमा

पाँचथर । त्रिभुवन आर्मी क्लब १० औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

पाँचथरको फिदिममा शनिबार भएको खेलमा रोयल क्लब अफ दार्जीलिङ्गलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाईनलमा स्थान सुरक्षित पारेको हाम्रा पाँचथर समाचारदाता विपेन्द्र गौतमले जनाएका छन् ।

प्रतियोगिताको फाईनल खेल यही आउने सोमबार त्रिभुवन आर्मी क्लब र झापा ११ काबिच हुनेछ ।