पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कृषि विकास बैंकले २१.५ प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४–७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो । 

यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

बैंकले आव २०७४–७५ मा रु तीन अर्ब ६७ करोड ३२ लाख वितरणयोग्य मुनाफा गरेको थियो । 

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । 

बैंकको हाल चुक्ता पूँजी  १३ अर्ब ९३ करोड २५ लाख छ ।