पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सनराइज बैंकद्वारा प्रादेशिक कार्यालय स्थापना 

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका छ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । 

बैंकले आज प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को लाहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूर पश्चिम प्रदेशको अत्तरियामा आफ्ना प्रादेशिक कार्यालय स्थापना गरेको बैकले जनाएको छ । 

प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखाको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा, संस्थागत सुशासनको साथै व्यापार विस्तारका कार्य छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रादेशिक कार्यालयको सामूहिक उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायतले संयुक्त रुपमा गर्नुभयो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १०२ शाखा, २८ शाखारहित बैंकिङ सेवा, चार एक्सटेन्सन काउण्टर, ११४ एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।