पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट पर्यटन मेला सुरु

लुम्बिनी । नेपालमा पहिलोपटक लुम्बिनीमा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट पर्यटन मेला सुरु भएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले कार्यान्वयन गरेको मार्टमा १८ देशका १५० बढी पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ ।

शुक्रवार विहान सस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रि रबिन्द्र अधिकारीले मेलाको उदघाटन गर्दै सन २०१९ को सेप्टेम्वरमा गौतम बुद्ध अन्तराष्टिय विमानस्थलबाट उडान सुरु गर्ने गरी तयारी भइरहेको बताउनु भयो ।

उहाँले सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने गरी विभिन्न कार्यक्रमहरु अघि बढाएको पनि उल्लेख गर्नु भयो ।

नेपालको पर्यटक पवर्द्धनका लागि निजी क्षेत्रको भुमिका रहने उल्लेख गर्दै मन्त्री अधिकारीले निजी क्षेत्रलाई आवश्यक सहयोग र सहकार्यका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

नेपालको विकास र समृद्धिको आधार पर्यटन भएकाले लुम्बिनी गुरुयोजनालाई पुरा गर्न सरकारले विशेष ध्यान दिएको पनि बताउनु भयो ।

सन २०१९ को सेप्टेम्वरमा गौतम बुद्ध अन्तरराष्टिय विमानस्थलबाट उडान सुरु गर्ने सरकारले तयारी गरिरहेको पनि उहाँले बताउनु भयो ।

उहाँले सन २०२० मा २० लाख पर्यटक नेपाल भित्रने बताउनु भयो । नेपालको पर्यटक पवर्द्धनका लागि निजी क्षेत्रको भुमिका रहने उल्लेख गर्दै उहाँले निजी क्षेत्रलाई आवश्यक सहयोग र सहकार्यका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि लिला गिरीले संघिय सरकारको पर्यटन प्रवर्द्धनलाई सहयोग पुर्याउन प्रदेश सरकारले आगामी बर्ष २०७६ साललाई प्रदेश सरकारले पनि लुम्विनी भ्रमण बर्षका रुपमा अघि सारेको बताउनु भयो ।

कार्यक्रममा लुम्विनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्र, अन्र्तराष्टिय टाभल संघका आशिष गुप्ता, संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयका सचिव कृष्ण देवकोटा, अष्टेलियाका प्रतिनिधि स्टेस कैमिसी भिजिट नेपाल २०२० का संयोजक सुरज बैद्य लगायतले बोल्नु भएको थियो ।

दुई दिनसम्म चल्ने मार्टका सहभागिहरुलाई, तानसेन तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तु लगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको अवलोकन भ्रमण गराइने कार्यक्रम रहेको छ ।