पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्मास क्रिकेटका लागि महिला टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं । थाइल्यान्डमा हुने महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट टिम त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली महिला क्रिकेट टिम शुक्रबार दिउँसो थाइल्यान्डतर्फ प्रतियोगिता खेल्न प्रस्थान गरेको हो । 

कप्तान रुविना क्षेत्रीसँगै उपकप्तान सिता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, लगायतको टिम थाइल्याण्ड प्रस्थान गरेको हो । 

प्रशिक्षकमा विनोद दास, टिम म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना दानी रहेका छन् ।

समूह एमा नेपाल, थाइल्यान्ड ए, युएई, चीन र मलेसिया रहेका छन् । 

त्यस्तै, समूह बी मा थाइल्यान्डसँगै हङकङ, भुटान, इन्डोनेसिया र म्यानमार रहेका छन् । 

नेपालले आफ्नो पहिलो खेलमा १२ तारिखमा चीनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, १३ तारिखमा मलेसिया र १४ तारिखमा आफ्नो तेस्रो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । 

समूह चरणको अन्तिम खेलमा नेपालले १६ तारिखमा आयोजक थाइल्यान्ड ए टिमसँग प्रतिस्पर्धा गर्ने छ ।