पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापा ११ रुस्लान गोल्डकप फुटबलको फाइनलमा

झापा । दशौं रुस्लान गोल्डकप प्रतियोगितामा झापा ११ ले ए डिभिजनको क्लब सरस्वती क्लबलाई हराउँदै फाइनलमा प्रबेश गरेको छ ।

शुक्रबार भएको खेलमा सरस्वती क्लबलाई ०–१ गोलले हराउँदै झापा ११ फाइनलमा प्रबेश गरेको हो । झापाका लागी कर्ण लिम्बु ले गरेको गोल नै निर्णायक बन्यो । 

झापा ११ ले आफ्नो पहिलो खेलमा कर्ण सिं सोनाम स्मृति क्लब लाइ र दोश्रो खेलमा बिभागीय टिम एपिएफलाई हराउदै सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । 

सरस्वती क्लब भने साबिक विजेता समेत रहेको सुनसरीलाई हराएर सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।