पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सीएमजी क्लब संकटा क्वाटर फाइनलमा प्रवेश

धनगढी । गोर्खा ब्वाइज रुपन्देहीलाई २–१ गोलले पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरको छ । 

धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा संकटालका रवि सिलवालले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै संकटाको जित पक्का गरे । 

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । 

शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टर खेल्नेछन् ।