पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शुक्रबार पनि पूरा दिन कार्यालय खुलाहुने

पश्चिम नवलपरासी, २७ पुस २०७५ । पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवामा व्यापक सुधार गरेको छ । कार्यालय शुक्रबार पनि पूरा दिन सञ्चालन हुन थालेको छ भने सेवाग्राहीको काम एकै दिनमा सक्ने गरी सेवाप्रवाह शुरु गरेको छ । 

कागजात र प्रक्रिया पुगेका सेवाग्राहीको काम सोही दिनमै सक्ने गरी सेवा प्रदान गरिरहेको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार गत शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय शुक्रबार पनि पूरा दिन सञ्चालन हुन थालेको हो । 

जिल्लामा अन्य कार्यालय शुक्रबारका दिन दिउँसो ३ बजेसम्म मात्र खुल्छन् भने जिल्ला प्रशासन ४ बजेसम्मै खुल्ने गरेको छ । गर्मी मौसममा ५ बजेसम्म सञ्चालन हुने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।