पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डेढ लाखको अवैध समान बरामद 

सिराहा, २७ पुस २०७५ । प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब डेढ लाख रुपैया बराबरको अवैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा चोरीपैठारी गरिरहेको अवस्थामा अवैध तुलसी ७५ प्याकेट र ब्ल्याक चुरोट ७५ प्याकेटलगायत रु ९५ हजार मूल्य बराबरको समान बरामद गरेको छ । 

यस्तै प्रहरी चौकी औरहीबाट खटिएको टोलीले पाइन्ट, सर्टको कपडा, धोतीलगायतका करीब रु ४५ हजार मूल्य बराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।