पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हुसेनको हत्याका योजनाकारहरु पक्राउ

सुनसरी । सुनसरीको दुहवी ९ का फिदा हुसेनको हत्याका योजनाकारहरु पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ परेका तीनजनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

फिदाको हत्याका योजनाकार मानिएका दुई जना र गोली हानी हत्या गरेपछि हतियार लुकाउन सहयोग गर्ने एक सहित तीनजनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा दुहवी ९ सोनापुर छातावेलीका मो.सकिम हुसेन, ३१ वर्षीय मो.जाविर हुसेन र सोही नगरपालिका १२ का विशम्बर यादव रहेका छन् ।