पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुन्तला उत्पादनमा वृद्धि

पर्वत । पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुका रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष गत वर्षभन्दा वृद्धि भएको छ । 

पर्वतमा यस वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । 

त्यहाँ गत वर्ष तीन हजार २०० मेट्रिक टनभन्दा बढी सुन्तला उत्पादन भएको थियोे । पर्वतमा ७७० हेक्टर जमीनमा सुन्तला खेती हुन्छ । 

किसानले बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । 

पर्वतमा सबैभन्दा बढी बाँसखर्कमा यस वर्ष झण्डै पाँच करोडको सुन्तला उत्पादन भएको छ भने मोदी गाउँपालिका–२ देउपुरमा तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ ।