पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शेयरको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । धितोपत्र बजारमा बिहिबार शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार कारोबार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको हो । 

स्टकका अनुसार बिहिबार कूल १६३ कम्पनीको १३ लाख ८७ हजार कित्ता शेयर  ३६ करोड ६३ लाख मूल्यमा खरीद बिक्री भएको छ । 

स्टकका अनुसार सानिमा इक्विटी फण्ड, सर्पोट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, तारागाउँ रिजेन्सी होटल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने सिनर्जी पावर डेभलमेन्ट, पूर्णिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका शेयरधनीले गुमाएका छन् ।