पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बक्सिङ खेलको छनोट प्रतियोगिता शुरु

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् र गणेशमान सिंह फाउण्डेशनको संयुक्त आयोजनामा बिहिबार कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ स्तरीय बक्सिङ खेलको छनोट प्रतियोगिता शुरु भएको छ । 

आगामी माघ २२ देखि २६ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगिताको तयारीका लागि यो छनोट प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रत्येक प्रदेशबाट ८ जना पुरुष र ६ जना महिला बक्सिङ खेलाडी छनोट गर्न लागिएको वरिष्ठ बक्सिङ प्रशिक्षक एवं ओलम्पियन विष्णुबहादुर सिंहले जानकारी दिनुभयो । 

गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष एवं नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।