पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मनमोहन स्मृती एक दिवसीय क्रिकेटः प्रदेश नं.३ विजयी

इनरुवा । मनमोहन स्मृती एक दिवसीय क्रिकेट प्रतियोगिताको बिहिबार भएको खेलमा प्रदेश नम्बर ३ विजयी भएको छ ।

ईनरुवामा भएको खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर ६ लाई ६ विकेटले नै पराजित गरेको हाम्रा सुनसरी समाचारदाता आसिशकुमार यादवले जनाएका छन् ।

प्रदेस नम्बर ६ ले दिएको १ सय १२ रनको झिनो विजयी लक्ष्य प्रदेश ३ ले २६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो ।