पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आयोजक टोली इण्डो नेपाल तेक्वाण्डो प्रतियोगितामा प्रथम

वीरगञ्ज । आयोजक वीरगञ्जको टोली वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज इण्डो नेपाल तेक्वाण्डो प्रतियोगितामा प्रथम हुन सफल भएको छ । 

बिहिबार सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ३ कास्यपदक सहित आयोजक वीरगञ्ज प्रथम भएको हाम्रा वीरगञ्ज समाचारदाता ध्रुव अधिकारीले जनाएका छन् । 

प्रतियोगितामा ३ स्वर्ण, २ रजत र १ काँस्यपदक सहित भारतको विहार टोली दोश्रो भएको थियो । 

यसैगरी, सशस्त्र प्रहरीको नेपाल ए पि एफ क्लबले २ स्वर्ण, २ काँस्य पदक प्राप्त गर्दै तेस्रो स्थान प्राप्त गरेको थियो ।

प्रतियोगितामा नाजिमा हुसेन सिंद्धिगी उत्कृष्ट महिला खेलाडी र भारत विहारका विपुलकुमार उत्कृष्ट पुरुष खेलाडी घोषित भएका थिए । 

प्रतियोगितामा नेपाल १० र भारतका ६ टोलीको सहभागिता रहेको   थियो ।