पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष सँगैः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताउनु भएको छ । 

आज चितवनमा पुनःनिर्माण जिल्ला समन्वय समितिको बैठकमा अध्यक्ष प्रचण्डले सोमबार पनि सत्तापक्ष तथा विपक्षीका नेताको बैठक बसेको र बैठकमा राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनःनिर्माण र विकासका मुद्दामा छलफल गर्न सुझाव दिनुभयो ।

बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने क्रममा पुनःनिर्माणका अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्न लागिएको जानकारी दिनुभयो ।