पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सम्पन्न

काठमाडौं । अन्ततः ४१ औँ संस्करणको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

एन्फा मैदान सातदोबाटोमा मंगलबार भएको लिगको अन्तिम खेलमा दुई खेल अघि नै प्रतियोगिताको विजेता बनिसकेको मनाङ्ग मर्स्याङदी क्लब फ्रेन्डस क्लब संग १–० गोल अनतरले पराजित हुन पुुग्यो ।

खेलको एक मात्र निर्णायक गोल थपिएको ईन्जुुरी समयको पनि छैठौँ मिनेटमा बिकास लामाले सुन्दर हेड मार्पmत गरेका थिए ।

यो हार संगै मनाङ्ग मर्स्याङदी क्लबको लिगमा सबै खेल जित्दै ईतिहास रच्ने धोको फेरी एक पटक पे्रmन्डस क्लबले नै पुरा हुने दिएन ।

सन् २०४६ को लिगमा पनि फ्रेन्डस क्लबले बाँकी सबै खेल जितेको मनाङ्गलाई एक खेलमा रोक्दै ईतिहास बनाउन दिएको थिएन ।

तर, यो लिगको उपाधि जित्दै मनाङ्ग मर्स्याङदी क्लबले सबै भन्दा धेरै ८ पटक लिगको उपाधि जित्ने क्लब भने बन्न सफल भएको छ ।

मनाङ्ग भन्दा कम अहिले रेलिगेशन खेप्दै बि डिभिजनमा रहेको आर सी टि क्लबले ६ पटक ए डिभिजनको उपाधि जितेको छ ।

मंगलबार नै सशस्त्र प्रहरीको हलचोक स्थित मैदानमा एन आर टि र ब्रिगेड ब्वाईज क्लबबिच भएको खेल गोल रहित बराबरीमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम हुँदै मनाङ्ग मर्स्याङदी क्लबले उपाधि सहित ५० लाख र दोस्रो भएको संकटा क्लबले ३५ लाख रुपैँया प्राप्त गरे ।

यसैगरी, तेस्रो भएको थ्रीस्टार क्लबले २५ लाख र चौथो भएको त्रिभुुवन आर्मी क्लबले १५ लाख रुपैँया पुरस्कार प्राप्त गरे ।

पाँचौ स्थान प्राप्त गरेको नेपाल ए पि एफ क्लबले ७ लाख र छैठौँ स्थान प्राप्त गरेको नेपाल पुलिस क्लबले ५ लाख रुपैँया प्राप्त गरे ।

फेर प्ले टिमको उपाधि ब्रिगेड ब्वाईज क्लबले प्राप्त गर्यो ।

प्रतियोगितामा मनाङ्ग मर्स्याङदी क्लबका विशाल श्रेष्ठ उत्कृष्ट गोल किप्पर, थ्री स्टार क्लबका रञ्जित धिमाल उत्कृष्ट डिफेन्डर घोषित भएका थिए ।

यसैगरी, मनाङ्ग मर्स्याङदी क्लबका हेमन गुरुङ्ग उत्कृष्ट मिडफिल्डर, त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास उत्कृष्ट फरवार्ड र मनाङ्ग मर्स्याङदी क्लबका सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

सबै उत्कृष्ट घोषित खेलाडी र प्रशिक्षकलाई १–१ वटा मोटरसाईकल सहित ५० हजार रुपैँया पुरस्कार प्रदान गरिएको थियो ।

पूर्व राष्ट्रिय फुटबल टोलीका चर्चित क्याप्टेन स्वर्गीय मणी शाहको नाममा यस वर्ष देखि प्रदान गरिएको उदयमान खेलाडीको उपाधि त्रिभुवन आर्मी क्लबका विकास खवासले प्राप्त गरे ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, काठमाडौँ महानागरपालिकाका प्रमुख विद्याशुन्दर शाक्य लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।