पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थानीय तहका लागि मोबाइल एप्लिकेशन शुरु

काठमाडौं । सूचना प्रविधि विभागले स्थानीय तहका लागि मोबाइल एप्लिकेशन शुरु गरेको छ ।

स्थानीय तहका नागरिकलाई प्रदान गरिने सेवा लगायत सूचना एवं जानकारी सजिलै प्राप्त होस भनेर विभागले २०४ स्थानीय तहहरुमा मोबाइल एप स्टोर नीर्माण गरेको विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । 

मोबाइल एप्लिकेशनको प्रयोग मार्फत नागरिकले सम्बन्धित स्थानीय तहद्धारा प्रदान गरिने सेवा, कार्यक्रम तथा परियोजना, ऐन नियम, वडाहरुको विवरण, महत्वपूर्ण स्थानहरु, र आपतकालीन नम्बर प्राप्त गर्न सक्ने विभागले जनाएको छ ।