पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राजनीतिलाई सम्मानित बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

नवलपरासी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी बनाएर राजनीतिलाई सम्मानित बनाउनुपर्ने बताउनु भएको छ । 

आज नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ मा अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर लगायतका सामग्री वितरण गर्दै नेता पौडेलले राजनीति भनेको छुद्रयाई, फट्याई गरेर, साम, दाम, दण्डभेदको प्रयोगबाट सत्ता कब्जा गर्ने होइन सेवा गर्ने हो भन्ने भावनाको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।