पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सोमबारको खेलमा ए पि एफ विजयी

काठमाडौं । नेपाल ए पि एफ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको एक मात्र खेलमा विजयी भएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा ए पि एफ ले लिग उप विजेता भईसकेको संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

यो खेलको नतिजा जे भए पनि नेपाल ए पि एफ क्लबले आईतबारका खेलको निर्णय पछि पाँचौ स्थान प्राप्त गरिसकेको थियो ।

प्रतियोगितामा प्रथम हुँदै मनाङ्ग मर्स्याङदी क्लबले ५० लाख र संकटा क्लबले ३५ लाख रुपैँया पक्का गरिसकेका छन् ।

यसैगरी, तेस्रो स्थान प्राप्त गरिसकेको थ्रीस्टार क्लबले २५ र चौथो भईसकेको त्रिभुुवन आर्मी क्लबले पनि १५ लाख रुपैँया शुनिश्चित गरिसकेका छन् ।

पाँचौ स्थान प्राप्त गरेको नेपाल ए पि एफ क्लबले ७ लाख रुपैँया प्राप्त गर्नेछ ।

लिगको अन्तिम दिन मंगलबार दुुई खेल हुने छन् । पहिलो खेल एन आर टि र ब्रिगेड ब्वाईज क्लब तथा दोस्रो खेल लिग विजेता मनाङ्ग मर्स्याङदी क्लब र पे्रmन्डस क्लबकाबिच हुनेछ ।

यो लिगमा दुुई खेल बाँकी छँदै विजेता घोषित भएको मनाङ्ग मर्स्याङदी क्लबले यो समेत ८ औँ पटक ए डिभिजन लिग जित्दै ईतिहास रचिसकेको छ ।

मनाङ्ग पछि ६ पटक ए डिभिजन लिग जितेको आर सी टि क्लब अहिले बि डिभिजनमा रहेको छ ।

मंगलबारको दोस्रो खेलमा मनाङ्गको दोस्रो ईतिहास रच्ने सम्भावना बलियो रहेको छ । त्यस खेलमा विजयी भयो भने मनाङ्ग अहिले सम्मका लिग मध्ये कुनै एकमा सबै खेल जित्ने पहिलो क्लब हुनेछ ।

तर मनाङ्गलाई पुुरानो डरले नसताउला भन्न सकिन्न । सन् २०४६ सालको १२ वटा टिम सहभागि ए डिभिजन लिगमा मनाङ्ग सबै खेल जित्दै पछि एउटामा मात्र पराजित हुन पुुगेको थियो ।

त्यस बेला पनि मनाङ्गलाई ईतिहास रच्नबाट पे्रmन्डस् क्लबले नै रोकेको थियो ।