पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गोही संरक्षण गर्न पहल शुरु

बाँके । बाँकेमा  विश्वमै अति सङ्कटमा रहेको घडियाल गोही संरक्षणका लागि पहल थालिएको छ । 

राप्ती नदीमा माछा र गोही प्रशस्त पाइने भएकाले तिनीहरुको अवस्था, सङ्ख्या र बासस्थानको अवस्था पत्ता लगाउन पहल थालिएको हो । 

निकुञ्जको मध्यवर्ती क्षेत्रमा विभिन्न प्रजातिका चरा, माछा, गोही र जलचर जीवका बारेमा अध्ययन भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताउनुभयो । 

राप्ती नदीमा मगर गोहीका साथै विश्वकै दुर्लभ घडियाल गोही पनि पाइने  निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । 

गोही संरक्षण गर्न सके पर्यापर्यटनको विकासका लागि नयाँ गन्तव्यको खोजीमा सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।

नेपालमा सन् २०१६ को गणनामा चितवनको राप्ती, नारायणी, बबई र कर्णाली नदीमा गरी कूल १९८ सङ्ख्या रेकर्ड गरिएको छ । हाल घडियाल गोही संसारमा नेपाल र भारतमा मात्र पाइने गरेका छन् ।