पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कार्यकर्ताले नेतृत्व परिवर्तन चाहेका छन्ः महामन्त्री डा कोइराला

चितवन । नेपाली काँङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस कार्यकर्ताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताउनुभएको छ ।

आज चितवनको रत्ननगरमा एक कार्यक्रममा महामन्त्री डा कोइरालाले पार्टी गुट उपगुटले ध्वस्त भएकाले पार्टीलाई एक बनाएर लैजानका लागि नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । 

अहिले आम नेतृत्वले काँङ्ग्रेसलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा सोच्न आवश्यक रहेको उहाँले बताउनुभयो ।