पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सबैको अधिकार काँग्रेसले सुनिश्चित गर्योः सभापति देउवा

कुुमोद अधिकारी, विराटनगर । नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवाले सबै समुुदायको अधिकारलाई काँग्रेसले सुुनिश्चित गरेको बताउनुुभएको छ । 

मोरङको लेटाङ नगरपालिकामा आजदेखि शुुरु भएको राष्ट्रिय मगर संघको प्रदेश नम्बर १ स्तरीय प्रशिक्षण कार्यक्रममा सभापति देउवाले काँग्रेसको नयाँ विधानले  सबै जाति र समुुदायलाई प्रतिनिधित्व गराएको उल्लेख गर्नुुभयो । 

सभापति देउवाले वाइडबडी विमानमा भएको भ्रष्टाचारको विषयमा छानविन गरी दोषीलाई कारवाही गर्नुुपर्ने बताउनुुभयो । 

सभापति देउवाले सरकारले उधोगधन्दा धरासायी हुुने अवस्थामा पुुग्ने गरी कर बढाएको भन्दै यसले मुुलुुकको आर्थिक उन्नति नहुुने बताउनुुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री प्रकाश शरण महत्त, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, काँग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल,  डा. शेखर कोइरालाले सबै जातीको पहिचान र संस्कृतिलाई जोगाउन काँग्रेस प्रतिबद्ध रहेको बताउनुुभयो । 

दुुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश न १ का १४ जिल्लाका २ सय ५० जना प्रतिनिधिको सहभागिता रहेको मगर संघका प्रदेश संयोजक जितनाराण थापा मगरले जानकारी दिनुभयो ।