पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डि पि एल का लागि खेलाडी छनौट सम्पन्न

धनगढी । धनगढी प्रिमियर लिग डि पि एल मा सहभागी टोलीहरुले खेलाडी छान्ने काम सम्पन्न भएको छ ।

काठमाडौँमा शनिबार सम्पन्न एक कार्यक्रमका बीच लिलामी प्रक्रियाबाट खेलाडी किनेर सहभागी ६ टोलीले आ–आफ्नो टोलीमा आबद्ध गरेका थिए ।

यसैबीच केही टोलीहरुले आफ्नो सबैभन्दा महत्वपूूर्ण मर्कि प्लेएर परिवर्तन गरेका छन् ।

पारस खड्का डि पि एल मा सहभागि नहुुने भएपछि विराटनगर किङ्गसले उनको स्थानमा करण केसीलाई मर्कि प्लेएर बनाएको छ ।

महेन्द्रनगर युुनाईटेडमा विनोद भण्डारीको स्थानमा शरद भेषवाकर आएका छन् ।

शक्ति गौचनले सन्यास लिएका काराण रुपन्देही च्यालेन्जर्सले उनको स्थानमा बसन्त रेग्मीलाई मर्कि प्लेएर बनाएको छ ।

काठमाडौँ गोल्डेन्सले ज्ञानेन्द्र मल्ल र सी वाई सी अत्तरियाले दिपेन्द्र सिंह ऐरीलाई अघिल्लो वर्ष भैmँ निरन्तरता दिएको छ ।

यसैगरी, टिम चौराहा धनगढीले यस पटक नाम परिवर्तत गर्दै धनगढी स्टार्स बनाएको छ ।