पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गाउँमा कविता कार्यक्रमको ३१ औँ शृङ्खला सम्पन्न

radionepal

मोरंग, १५ पुस २०७५ । जीवन र संस्कृतिलाई जोड्न चार जना कविले शनिवार मोरङको झोराहाटमा कविता वाचन गरेका छन् । 

झोराहाट नाट्य समूहद्वारा आयोजित गाउँमा कविता कार्यक्रमको ३१ औँ शृङ्खलामा कवि तथा कवयत्रीले आआफ्ना ४/४ वटा कविता वाचन गर्नुभयो ।
     
कविता वाचन गर्नेमा काठमाडौँकी कवयत्री यशोधा अधिकारी, सुनसरी धरानका कवि प्रा डा भीम खतिवडा, बेलबारी नगरपालिकाका उपप्रमुख कवयत्री तारा पराजुली र सुनसरी इटहरीका कवि रामप्रसाद खरेल छन् । 

झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले प्रत्येक महीनाको दोस्रो शनिवार चार जना कवि तथा कवयत्रीले आआफ्ना रचना प्रस्तुत गर्ने गरेका छन् भन्नुभयो । उहाँले यो क्रम लगातार तीन वर्षदेखि चल्दै आएको जानकारी दिनुभयो ।