पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बनेपामा प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु

बनेपा, २७ वैशाख । बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्रा आजदेखि सुरु भएको छ । 

संस्कृतविद् ज्ञानकाजी मान्नधरले चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी भएको उल्लेख गर्दै चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको बताउनुभयो ।

वंशावलीअनुसार सत्ययुगदेखि जात्रा हुने गरेको उल्लेख गर्दै उहाँले चण्डासुर दैत्यको बध भएपछि देवलोकमा देवी चण्डेश्वरीको बाजागाजासहित जात्रा गरिएकाले सो जात्राको परम्परा सुरु भएको जानकारी दिनुभयो ।

संस्कृतविद् मानन्धरले नेपाल संवत्को सुरुवातदेखि नै नेपालमा जात्राको सुरुवात भएको जानकारी दिँदै स्थानअनुसार फरक फरकरुपमा काभ्रेपलाञ्चोकमा जात्रा गर्ने प्रचलन रहेको बताउनुभयो ।

जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, श्रीखण्डपुरमा श्वेत भैरबको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ ।