पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एसइई प्रदेश सरकारले सञ्चालन गर्ने

काठमाडौँ । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई)को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । 

मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने छ । 

परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष तोकिएका भन्दा नबढाई केन्द्र तोक्न निर्देशन दिएको छ । 

प्रदेश सरकारले सञ्चालन गरेको परीक्षाको उत्तरपुस्तिका भने परीक्षा नियन्त्रण कार्यालयमा आउने र कार्यालयले समपरीक्षण तथा नतिजा प्रकाशन गर्ने जनाइएको छ । 

यस वर्षको एसईई परीक्षा आगामी चैत १० गतदेखि सरु हुँदै छ ।